दोस्रो पटक पनि नैनसिंहलाई दिएनन् देउवाले भेट

dream cafe
learnar

डडेल्धुरा : कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले डडेल्धुरा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरलाई दोस्रो पटक पनि भेट नदिएको खुलेको छ।

यसअघि पनि देउवाले महरलाई भेट दिएका थिएनन्।

Amargadhi Education

जिल्लामा महर गगन पक्षको उम्मेदवार रहेको र शेरबहादुरको समर्थन नरहेको चर्चा छ। जस कारण महर सकसमा छन्।

स्रोतका अनुसार पछिल्लो समय उनी देउवासँग भेट गरी सार्वजनिक सन्देश दिन काठमाडौं पुगेका थिए।

उनी देउवासँग भेटेर तस्बिर सार्वजनिक गर्दै भ्रम चिर्न र आफूलाई देउवाको आशिर्वाद रहेको देखाउन चाहन्थे। तर, लामो प्रयासका बाबजुद भेट नपाएपछि महर निराश हुँदै पुनः डडेल्धुरा फर्किएका छन्।

देउवा–महरबीच देखिएको दूरीले डडेल्धुरा कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ।

चुनावी माहोल तातिरहेका बेला शेरबहादुरको साथ र उपस्थिति महत्त्वपूर्ण छ।

अजयमेरु फाैजी केरा

देउवाले डडेल्धुराबाट सात पटक प्रतिनिधिसभा सदस्य जितेर इतिहास रचेका नेता हुन्।

र, यो पनि :

अपमानको घाउ बोकेका देउवा, नैनसिंहका लागि भोट माग्न नआउने

 

देउवाले भेट नदिएपछि कर्णको शरणमा महर

 

शेरबहादुर देउवा नउठ्ने भएपछि डडेल्धुरामा नैनसिंह महरले पाए कांग्रेसको टिकट

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.