बोहरा मेडिको सेन्टर

देउवाको गृहजिल्लामा कांग्रेस सभापतिका चार आकांक्षी, जोशी र अवस्थीले देउवालाई भेटे

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति बन्ने आकांक्षीहरूको चर्चा सुरु भएको छ।

कांग्रेसको इतर पक्षले कात्तिक १४ र १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेसँगै सभापतिका लागि चार जनाको नाम चर्चामा आएको हो।

health office dashin
CNA

सभापतिका आकांक्षीमा डिल्लीराज जोशी, लक्ष्मीप्रसाद अवस्थी, इन्द्रबहादुर कार्की र चुडामणि ठकुराठी छन्।

जोशी कांग्रेस जिल्ला उपसभापति तथा अमरगढी नगरपालिकाका नगरप्रमुख हुन्।

अवस्थी जिल्ला उपसभापतिसँगै नवदुर्गा गाउँपालिकाका अध्यक्ष छन्।

कार्की देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष हुन् भने ठकुराठी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्।

सभापतिका आकांक्षीमध्ये जोशी र अवस्थी केही दिनअघि काठमाडौं पुगेर देउवालाई भेटेर फर्किएका छन्।

उनीहरूको देउवासँगको भेटलाई जिल्ला नेतृत्व चयनसँग जोडेर कांग्रेस वृत्तमा चर्चा गरिएको छ।

इतर पक्षले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १४ र १५ गते डडेल्धुराको सदरमुकाममा अधिवेशन गर्ने जनाएको छ।

अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, जिल्ला तथा प्रदेश कार्यसमितिका सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति तथा पालिका र वडा तहका नेता–कार्यकर्तालाई सहभागी हुन आह्वान गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.