बोहरा मेडिको सेन्टर

रसुवा बाढीमा बेपत्ता नवदुर्गाका ऐरको कुशको शव बनाएर अन्त्येष्टि

dream cafe
learnar

डडेल्धुरा : रसुवामा आएको बाढीमा परी बेपत्ता भएका डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बगालसैनका प्रशान्त ऐरको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

मंगलबार ऐरको परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।

health office dashin
CNA

त्रिशूली हाइड्रोपावरमा कार्यरत ऐर गत भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका थिए।

बाढीमा बेपत्ता भएपछि उनको खोजी गरिए पनि शव फेला पर्न सकेको थिएन।

लामो समयसम्म शव नभेटिएपछि परिवारले हिन्दु परम्परा अनुसार शवको अन्त्येष्टि गरेको हो।

नवदुर्गा गाउँपालिका–२ को व्यवस्थापनमा ऐरको अन्त्येष्टि गरिएको वडाध्यक्ष दिलबहादुर बिष्टले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.