

डडेल्धुरा : नेपाल प्रिमियर लिग एनपीएल सिजन– ३ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स निरीह देखिएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलाई लुम्बिनीले ८७ रनमै अलआउट गरेको हो ।


सुदूरपश्चिमले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमायो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए ।
शाड्ली भान, तिलक भण्डारी र रोहितकुमार पौडेलले एक–एक विकेट लिए ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २३ रनको सामना गर्दै सर्वाधिक २७ रन जोडे ।
शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेन २ र शेरफन रदरफोर्डले १ रन बनाए ।
आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए । ८८ रनको लक्ष्य पाएको लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

