

धनगढी : एसिया कपको उपाधिका लागि आज साविक विजेता भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
प्रतियोगिता यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ८ बजेबाट सुरु हुनेछ।


सुपर फोरका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। भारत सुपर फोरको पहिलो र पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनलमा भेट हुन लागेका हुन्।
जारी प्रतियोगितामा भारत अपराजित टोली हो।
प्रतियोगितामा दुई समूहमा गरी ८ टोली सहभागी थिए, जसमा भारत र पाकिस्तानसँगै, अफगानस्तान, बंगलादेश, श्रीलंका, ओमान, यूईए र हङकङ चाइना रहेका थिए।


