‘बालेनको पुलिस होइन’ अभिव्यक्तिपछि झिकाइएका डीएसपी चौधरी पुनः कार्यक्षेत्रमा

dream cafe
learnar

डडेल्धुरा : इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीलाई बुधबार सार्वजनिक अभिव्यक्ति तथा अन्य केही विषयमा स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो।

Ird 2

आवश्यक सोधपुछ सम्पन्न भएपछि उनलाई पुनः इलाका प्रहरी कार्यालय सुखडमा खटाइएको हो।

प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीसँग पछिल्लो सार्वजनिक अभिव्यक्तिमात्र नभई यसअघि उठेका केही विषयबारे पनि जानकारी लिइएको छ।

डीएसपी चौधरीमाथि यसअघि सार्वजनिक भएका विवादित घटनाबारे प्रहरी आन्तरिक छानविन गरिरहेको थियो।

तर बुधबार बिहान बालेनको पुलिस होइन भन्ने अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएपछि माहोल थप तातेको थियो।

Gbl Hard

त्यसपछि उनलाई सोधपुछका लागि जिल्ला झिकाइएको थियो।

डीएसपी चौधरीले केही दिनअघि घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो” भन्ने अभिव्यक्ति दिएका थिए।

प्रहरी स्रोतका अनुसार स्पष्टीकरणका क्रममा चौधरीले आफ्नो शब्द चयन उपयुक्त नभएको स्वीकार गर्दै कुनै बदनियत नराखी बोलेको बताएका छन्।

उनले सचेतनामूलक कार्यक्रमको सन्दर्भमा अनजानेमा केही शब्द अनुपयुक्त रूपमा प्रयोग भएको स्पष्ट पारेको बताइएको छ।

यस्तै, बजारमा आफैँ पुगेर सामान जफत गरेको र पछि फिर्ता गरेको आरोपसमेत उनीमाथि लागेको छ। पसलबाट सामान लगेको र फिर्ता गरेको पनि भिडियोहरु भाइरल छन्।

साथै त्यसभन्दा अगाडि सेवाग्राहीसँग कुराकानी गर्ने बेला आफूले लगाएको सर्टका टाँक खालेर बसेको पनि भिडियो सार्वजनिक भएको थियो।

सो विषयबारे अस्ति मात्रै जिल्लाको टोली उनको कार्यालयमा पुगेर जानकारी लिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.