बोहरा मेडिको सेन्टर

राससको अध्यक्षमा कोइराला

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा नियुक्त सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव विष्णुप्रसाद कोइरालाले आज केन्द्रीय कार्यालयमा कार्यभार सम्हालेका छन् ।

उनलाई महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरूले स्वागत गरे ।

health office dashin
CNA

पद बहालीपछि अध्यक्ष कोइरालाले राससको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम तदारुकाताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी महाप्रबन्धक राईले लामो समयदेखि सरकारका विभिन्न तहमा रहेर प्रशासनिक क्षेत्रमा अनुभवप्राप्त अध्यक्षको आगमनबाट राससको यात्रा र श्रीवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले ६५ वर्षको गौरवपूर्ण संस्था राससले मुलुकभर सूचना प्रवाह गर्न अग्रणी भूमिका गरेको बताउँदै संस्थाको समग्र कामकाजसहित सुधारका विषयमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कोइरालाले समाचार सङ्कलन, नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार सम्पादन तथा तस्बिर शाखाको निरीक्षण गरेका छन् ।

यसअघि सञ्चालक समितिको अध्यक्ष रहनुभएका सोही मन्त्रालयका सहसचिव डा उदयबहादुर रानामगरको रक्षा मन्त्रालयमा सरुवा भएपछि सहसचिव कोइराला राससको अध्यक्षमा नियुक्त भएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका–४ मा जन्मिएका अध्यक्ष कोइराला दुई दशकदेखि निजामति सेवामा छन् ।

Ddl dental
Leave A Reply

Your email address will not be published.