देउवाले भेट नदिएपछि कर्णको शरणमा महर

किन बिच्किए शेरबहादुर देउवा ?

dream cafe
learnar

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नैनसिंह महरलाई भेट्न अस्वीकार गरेका छन्।

डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका महर केही दिनअघि काठमाडौं पुगेर देउवासँग भेटघाट गर्ने प्रयास गरेका थिए। तर, देउवाले उनलाई भेट नदिएको कांग्रेस स्रोतले जनाएको छ।

GBL NEW

देउवाले भेट नदिएपछि महर नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति तथा कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई भेट्न पुगेका थिए।

कर्णसँगको भेटमा महरले डडेल्धुरामा सहयोगको आग्रह गरेका थिए। तर कर्णले डडेल्धुराका सबै १३ उम्मेदवार आफूका लागि समान रहेको प्रतिक्रिया दिएका छन्।

महरसँग भेट भएको पुष्टि गर्दै कर्णले भने, ‘हिजो भेट भएको हो। उहाँले सहयोग गर्न भन्नुभयो। मैले डडेल्धुराका सबै उम्मेदवार मेरो लागि समान हुन् भन्दै शुभकामना दिएको थिएँ।’

किन बिच्किए देउवा ?
शेरबहादुर देउवा यसपटक डडेल्धुराबाट अन्तिम पटक आफैं चुनाव लड्न चाहन्थे। तर विशेष महाधिवेशनपछि गगन थापा सभापति बनेसँगै देउवालाई टिकट दिइएन।

त्यस क्रममा महरले ‘चिट’ गरेर टिकट ल्याएको देउवाको बुझाइ रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार यसपटक कांग्रेस गगन थापाको नेतृत्वमा चुनावमा गएकाले देउवा डडेल्धुरामा कसैलाई उम्मेदवार बनाउन चाहन्थेनन्।

डडेल्धुरामा कांग्रेस आफू बाहिर छैन भन्ने सन्देश राष्ट्रिय राजनीतिमा दिन चाहेका देउवाले महरको उम्मेदवारीलाई रुचाएका छैनन्।

देउवाको उत्तराधिकारी देखाउन भ्याइनभ्याई 

सभापति गगन थापाको हस्ताक्षर भएको टिकट लिएर डडेल्धुरा पुगेका महरले मनोनयन दर्ताका दिन पनि शेरबहादुर देउवालाई ‘सभापति’ भनेर सम्बोधन गरेका थिए।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले डडेल्धुरामा शेरबहादुर देउवाको अधुरो सपना पूरा गर्न आफूलाई देउवाले नै पठाएको प्रतिक्रिया दिएका थिए।

तर, आफू देउवाले पठाएको उम्मेदवार भएको औपचारिक पुष्टि भने हुन सकेको छैन।

यसैबीच, महरले चुनावी पोस्टरमा देउवाको फोटो समेत प्रयोग गर्न थालेका छन्।

आफू देउवाको उत्तराधिकारीका रूपमा आएको दाबी गरे पनि डडेल्धुरेली कांग्रेस कार्यकर्ता भने अझै विश्वस्त देखिएका छैनन्।

घरदैलो अभियानका क्रममा समेत कार्यकर्ताले ‘शेरबहादुर देउवाले नै पठाएको हो कि होइन ?’ भन्दै प्रश्न गर्न थालेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.