बोहरा मेडिको सेन्टर

‘खसी कप’ ब्याडमिन्टनको उपाधि कपिल–हिक्मतको जोडीलाई

dream cafe
learnar

डडेल्धुरा: प्रस्तावित अमरगढी स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित पुरुष डबल्स ‘खसी कप’ ब्याडमिन्टन प्रतियोगिताको उपाधि कपिल जोशी र हिक्मत सिंहको टोलीले जितेको छ।

शनिबार भएको फाइनलमा जोशी–सिंहको जोडीले दिपेन्द्र पन्त र गजेन्द्र शाहीको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

CNA
GBL NEW

उपाधि यात्रामा जोशी–सिंहले सेमिफाइनलमा ज्ञानेन्द्र भट्ट र रमेश बिष्टको जोडीलाई पराजित गरेका थिए।

यस्तै, पन्त–शाहीले खगेन्द्र बुढाएर र शेर भण्डारीको जोडीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

असोज ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.