बोहरा मेडिको सेन्टर

डडेल्धुरामा कांग्रेसको ८० प्रतिशत वडा अधिवेशन सम्पन्न, आज सबै वडामा सकिने

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भीमबहादुर साउँदले बताएका छन्।

सभापति साउँदका अनुसार जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा पनि आज अधिवेशन सम्पन्न गर्ने तयारी छ।

CNA

‘करिब ८० प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको छ। आज सबै वडामा अधिवेशन सम्पन्न हुन्छ,’ साउँदले भने, ‘उपस्थिति उल्लेख्य छ। हामी सौहार्दपूर्ण रूपमा अधिवेशन गरिरहेका छौँ। पार्टी विधिसम्मत रूपमा अघि बढ्छ।’

GBL NEW

डडेल्धुरामा सात स्थानीय तहअन्तर्गत ५२ वडा रहेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो।

यता कांग्रेस डडेल्धुराको जिल्ला नेतृत्वभित्रै अधिवेशन प्रक्रियालाई लिएर मतभिन्नता देखिएको छ।

जिल्ला सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव प्रेमबहादुर महरसहित गोविन्दराज बोहरा, हरिप्रसाद भट्ट र करुणाकर भट्ट लगायतका नेताहरू वडा अधिवेशन प्रक्रियामा सहभागी भएका छन्।

जिल्ला उपसभापतिद्वय डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐरलगायतका नेताहरू पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते अघि बढाउने भनिएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.