बोहरा मेडिको सेन्टर

नैनसिंहको १२ हजार मतबारे ठकुराठीको स्वीकार : ‘फर्जी मत दिएका हौँ’

dream cafe
learnar

डडेल्धुरा ; नेपाली कांग्रेसका युवा नेता सुनिल ठकुराठीले कांग्रेस नेता नैनसिंह महरको राजनीतिक हैसियतबारे  टिप्पणी गरेका छन्।

ठकुराठीले सामाजिक सञ्जालमा लेख्दै महर काठमाडौं बसेर विवादित कांग्रेस अधिवेशनबाट मात्रै जित्ने व्यक्ति भएको दाबी गरेका छन्।

CNA

उनले महर आफ्नै जन्मगाउँ भागेश्वर गाउँपालिका–३ लामिकान्डेबाट समेत यसअघि पराजित भएको उल्लेख गरेका छन्।

‘म जस्ता कांग्रेसका झोले कार्यकर्ता पिल्कोटलगायतका ठाउँमा भएर फर्जी मत दिएर १२ हजार कटाउन सफल भएका हौँ, नत्र तपाईंको हैसियत २–३ हजार मत पाउने पनि थिएन,’ ठकुराठीले लेखेका छन्।

GBL NEW

उनले महरको पछिल्लो प्रतिनिधिसभा निर्वाचनको मत परिणामलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा कांग्रेसबाट उम्मेदवार बनेका महरले १२ हजार १ सय २१ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशी १९ हजार १ सय ३१ मतसहित विजयी भएका थिए।

ठकुराठीले आफूविरुद्ध हुने आलोचनाको आफूलाई कुनै मतलब नभएको भन्दै ‘हिजो मध्यरातमा लेखेको’ आफ्नो धारणा नै महरको यथार्थ हैसियत भएको दाबी गरेका छन्।

यद्यपि, उनले अन्त्यमा महरलाई संघीय सांसद भएको देख्न पाऊँ भन्दै शुभकामनासमेत दिएका छन्।

अहिले डडेल्धुरामन कांग्रेस महाधिवेशन बारे नेता कार्यकर्ता अलग अलग कित्तामा बिभाजन भएका छन्।

महर गगन थापा पक्षमा छन् भने ठकुराठी देउवा पक्षमा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.