बोहरा मेडिको सेन्टर

कांग्रेस अधिवेशनको नाममा ‘रमिता’, कीर्ते हस्ताक्षरदेखि रातारात ‘टीका’ लगाएर प्रतिनिधि छनोट

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा भएको अधिवेशन प्रक्रिया विवादको चक्रव्यूहमा फसेको छ।

मतदाता नामावली सार्वजनिक नगरेकोदेखि न्यून सहभागितामा नाम थपेर हस्ताक्षर गराएको र निर्वाचनको अघिल्लो रात नै महाधिवेशन प्रतिनिधि छनोट गरेको आरोपसम्म लागेपछि अधिवेशनको पारदर्शितामाथि प्रश्न उठेको हो।

CNA

असोज ३ गतेदेखि सुरु भएको अधिवेशनका अधिकांश गतिविधि खुला रूपमा गर्नुभन्दा होटलबाटै सञ्चालन गरिएको आरोप कांग्रेसभित्रैबाट लागेको छ।

जिल्ला सभापति भीमबहादुर साउदले होटल राइनोबाट अधिवेशन  गर्न चाँजोपाँजो मिलाएको र निर्वाचन अधिकृत बिक्रम सापकोटाले कागजात तयार पारे।

कांग्रेस नेता नैनसिंह महरसँग सम्बन्धित एनजिओ एमपीडीएसले सहयोग गरेेको आरोप छ।

निर्वाचन अधिकृत सापकोटाले अधिवेशन प्रक्रियामा मतदाता नामावली सार्वजनिक नगरेको, मतदान अधिकृतसमेत नखटाएको र निर्वाचनसम्बन्धी आवश्यक प्रक्रिया पारदर्शी नबनाएको नेताहरूको आरोप छ।

‘मतदाता को हुन्, मतदान अधिकृत को हुन् र निर्वाचन कसरी हुँदैछ भन्ने नै स्पष्ट पारिएन,’ कांग्रेसका एक नेताले भने, ‘यसरी अधिवेशनको नाममा प्रक्रिया पूरा गरेको देखाउनु लोकतान्त्रिक अभ्यास होइन।’

कतिपय वडामा आवश्यक संख्या नपुगेपछि आफू निकटका व्यक्तिलाई बोलाएर नाम थप्ने र  कीर्ते हस्ताक्षर गरेको आरोपसमेत लागेको छ।

अजयमेरु गाउँपालिका–५ मा पनि सहभागिता न्यून भएपछि पछि नाम थपेर कीर्ते हस्ताक्षर गरिएको प्रदेश क का उपसभापति तारक खड्काले आरोप लगाए।

उनका अनुसार जिल्लामै नभएका तराई तथा भारतमा रहेका व्यक्तिको नाम लेखेर कीर्ते हस्ताक्षर गरिएको छ।

GBL NEW

अधिवेशनका लागि आवश्यक संख्या नपुगेपछि आफू पायकका व्यक्तिलाई होटलमै बोलाएर निर्वाचित भएको प्रमाणपत्रसमेत बाँडिएको आरोप एक कांग्रेस नेताले लगाए।

यता, गन्यापधुरा गाउँपालिकाको एक तथा आलिताल गाउँपालिकाका दुई वडामा अझै अधिवेशन हुन बाँकी रहेको निर्वाचन अधिकृत सापकोटाले बताएका छन्।

अधिवेशनमा सहभागी नेताहरु  महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर असन्तुष्ट बनेका छन्।

नेता तथा कार्यकर्तालाई आइतबार महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुने जानकारी दिइएको थियो।

तर, निर्वाचन हुनुअघि नै शनिबार राति  ‘टीका’ लगाएर प्रतिनिधि छनोट गरिएको आरोप लागेको छ।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्न चाहनेहरूले उम्मेदवारी फारम माग्दासमेत नदिइएको गुनासो गरेका छन्।

‘आइतबार निर्वाचन हुने भनियो, तर शनिबार राति नै प्रतिनिधि छानिए,’ एक नेताले भने, ‘उम्मेदवार बन्न चाहनेलाई फारम नदिने हो भने निर्वाचनको नाटक किन?’

रातारात प्रतिनिधि छनोट गरेपछि निर्वाचन अधिकृत सापकोटा धनगढीतर्फ लागेका छन्।

उनीसँग आरोपबारे प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क  गरिए पनि उनले प्रतिक्रिया दिन मानेनन्।

यता, पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन प्रक्रिया विधिसम्मत नभएको भन्दै बहिष्कार गरेका छन्।

शेरबहादुर देउवा पक्षले भने असोज १५ गतेदेखि समानान्तर अधिवेशनको तयारी गरिरहेको जनाएको छ।

त्यसको जिम्मेवारी कांग्रेस उपसभापति डिल्लीराज जोशीलाई दिइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.