बोहरा मेडिको सेन्टर

गगन पक्षको अधिवेशनविरुद्ध देउवा पक्षको ‘काउन्टर’, असोज १५ देखि अर्को अधिवेशन

dream cafe
learnar

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुरामा गगन थापा पक्षले  १५ औं महाधिवेशन अन्तर्गत असोज ३ गतेदेखि अघि बढाएको अधिवेशन प्रक्रियालाई काउन्टर दिँदै  शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै अधिवेशन गर्ने तयारी गरेको छ।

यसैको तयारीस्वरूप जिल्ला उपसभापति डिल्लीराज जोशीले असोज १२ गते दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा बृहत् बैठक बोलाएका छन्।

CNA
GBL NEW

असोज १५ गतेदेखि अधिवेशनमा जोशीसँगै अर्का उपसभापति लक्ष्मीप्रसाद अवस्थी, पूर्वराज्यमन्त्री सरस्वती खड्कालगायतका नेता सहभागी हुने भएका छन्।

अर्कोतर्फ असोज ३ गतेदेखि अघि बढेको अधिवेशन प्रक्रियामा जिल्ला सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत लगाएतका नेता सहभागी छन्।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति तथा कार्यसमिति, सातवटै पालिका सभापति तथा कार्यसमिति र ५२ वटै वडा सभापति तथा कार्यसमितिलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

त्यसैगरी कांग्रेसबाट निर्वाचित समन्वय प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संघ–संस्थाका अध्यक्षहरूलाई समेत बैठकमा बोलाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.