खरिदार सुब्बाकै हैसियतमा !

dream cafe
learnar

काठमाडौं: सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।

अजयमेरु फाैजी केरा

कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा। टोकराज पाण्डेले जानकारी दिए । सो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि भएको महानिर्देशक पाण्डेले बताए । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ ।

किताबखानाका अनुसार सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेसरहको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यवधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।

संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न खोज्नुलाई सुधारका रूपमा हेरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.