गृहमन्त्री गुरुङले स्वीस बैंकमा पैसा लुकाउनेलाई नछोड्ने !

dream cafe
learnar

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैधरूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखिएको विषयमा अनुसन्धानका लागि नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतसँग औपचारिक सहयोग माग गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीसँग भएको भेटवार्तामा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।

Ird
HARDIK AGRo NEw

भेटमा उनले उच्च पदस्थ नेपाली अधिकारी तथा व्यवसायीहरूले भ्रष्टाचार लगायतका गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेको भए त्यसको छानबिनमा सहकार्य गर्न प्रस्ताव गरे ।

त्यस्तै, यदि त्यस्तो रकम पुष्टि भएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउन आवश्यक पहल गरिदिन पनि उनले राजदूतसमक्ष आग्रह गरेका छन् ।

यसै क्रममा गृहमन्त्री गुरुङले दुई देशबीच आप्रवासन व्यवस्थापनमा पनि सहकार्य बढाउन प्रस्ताव गरेका छन्।

भेटका क्रममा राजदूत मैवलीले नेपालमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वीस सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.