बोहरा मेडिको सेन्टर

परराष्ट्रमन्त्रीमा शिशिर र ताराको चर्चा, अरु कोको छन् आकांक्षी ?

dream cafe
learnar

डडेल्धुरा : नयाँ सरकार गठनको गृहकार्य तीव्र भइरहँदा मन्त्रालय बाँडफाँटको बहस चर्किएको छ।

गृह, अर्थ र परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालयमा कसको हात पर्छ भन्ने विषयमा सत्ता गठबन्धनभित्रै रस्साकस्सी देखिएको छ।

CNA

परराष्ट्र मन्त्रालयका लागि विशेषगरी तीन नाम चर्चामा छन्, शिशिर खनाल, डा. ताराप्रसाद जोशी र कमल सुवेदी।

स्रोतका अनुसार पार्टीभित्रको पहुँच, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा खनाल अग्रपंक्तिमा देखिएका छन् ।

काठमाडौँ–६ बाट निर्वाचित खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री भइसकेका छन्।

पार्टीको विदेश तथा पर्यटन विभाग सम्हालेको अनुभवसँगै केन्द्रीय सचिवालय सदस्यको हैसियतले पनि उनी बलिया दाबेदार मानिन्छन्।

GBL NEW

त्यसैले परराष्ट्र मन्त्रालय उनको हातमा जाने सम्भावना उच्च रहेको चर्चा छ।

यता, डडेल्धुराबाट निर्वाचित डा. ताराप्रसाद जोशी पनि बलियो विकल्पका रूपमा अघि आएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका जोशीलाई विज्ञका रूपमा हेरिन्छ।

खनाल अन्यत्र व्यवस्थापन भएको अवस्थामा जोशीको सम्भावना झन् बलियो हुने आँकलन गरिएको छ।

उता, दाङ–३ का सांसद कमल सुवेदीले पनि आफ्नो दाबी कमजोर नरहेको सन्देश दिएका छन्।

क्यानडाको सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट अध्ययन गरेका सुवेदी सार्वजनिक प्रशासन र नीति निर्माणका अन्तर्राष्ट्रिय विज्ञका रूपमा चिनिन्छन्।

तीन दर्जनभन्दा बढी देशको अनुभव र कूटनीतिक सम्बन्धलाई आधार बनाएर उनले परराष्ट्र मन्त्रालयमा दाबी प्रस्तुत गरिरहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.