

डडेल्धुरा ; जिल्ला भलिबल संघ डडेल्धुराको २१औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले धर्मराज पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

संघको साधारणसभाबाट उपाध्यक्षमा दिलबहादुर बिष्ट, महिला उपाध्यक्ष पार्वती गुरुङ, महासचिव पुष्कर देउवा र कोषाध्यक्षमा वसन्तसिंह भण्डारी चयन भएका छन्।

यसैगरी सदस्यहरुमा भीमबहादुर ऐर, देवेन्द्र अवस्थी, हिक्मत बिष्ट र दिनेश पन्त चयन भएको नेपाल भलिवल संघका केन्द्रिय सदस्य एवंम निर्वाचन अधिकृत राजबहादुर खड्काले बताए।
कार्यक्रम भागेश्वर गाउँपालिका डडेल्धुराका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथी चटौतले स्थानीय सरकारले खेलकुदसँग सम्बन्धित गतिविधि संचालनका लागी सरोकारवालासंग समन्वय गरि अगाडी बढ्ने बताए।
नवनिर्वाचित अध्यक्ष धर्मराज पन्तले डडेल्धुरामा भलिबल खेलको विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

