बोहरा मेडिको सेन्टर

बिहान स्टाटस हटाएपछि राति फेरि गर्जिए वडाध्यक्ष बिष्ट, भने : ‘अन्तिम अस्त्र प्रहार गरेकै हो’

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले मणिलेक स्वास्थ्य चौकीका इन्चार्जमाथि रकम हिनामिनाको आरोप लगाएको आफ्नो अघिल्लो फेसबुक स्टाटसबारे पुनः स्पष्टीकरण दिएका छन्।

आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिष्टले आफूले विगत तीन वर्षदेखि मणिलेक स्वास्थ्य चौकीको सेवा सुधारको विषय उठाउँदै आएको दाबी गरेका छन्।

CNA

यसअघि शनिबार राति स्वास्थ्य चौकीका इन्चार्ज मीनराज धिक्तमाथि गम्भीर आरोप लगाउँदै स्टाटस लेखेका बिष्टले उक्त स्टाटस पछि हटाएका थिए।

नयाँ स्टाटसमा उनले मणिलेकबाट पालिकामा सेवा विस्तार हुँदै १५ शय्याको अस्पतालसम्म पुगे पनि मणिलेकका नागरिकले स्वास्थ्य चौकीबाट प्रभावकारी सेवा पाउनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन्।

स्वास्थ्य चौकीमा सेवा नपाउँदा डडेल्धुरा जानुपर्ने अवस्थाले आफूलाई दुःखी बनाएको उनको भनाइ छ।

आफ्नो वडाका दुईवटा निर्णयसमेत सम्बन्धित निकायमा पेश गर्दा कुनै चासो नदेखाएपछि आफूले सामाजिक सञ्जाललाई ‘अन्तिम अस्त्र’का रूपमा प्रयोग गरेको बिष्टले बताएका छन्।

उनले स्वास्थ्य चौकीका इन्चार्जले आफूलाई ‘मणिलेकमा सेवा गर्न होइन, जागिर गर्न आएको हुँ’ भनेको र ‘तेरो पावर भए सरुवा गर’ भन्ने शब्द प्रयोग गरेको दाबीसमेत गरेका छन्।

GBL NEW

आर्थिक अनियमितताको आरोपबारे बिष्टले स्वास्थ्य चौकीको खातामा रकम नभएको दाबी गर्दै डेलिभरीको पैसा दिनुपर्ने भन्दै चार पटक रकम निकासा भएको र अस्पतालमा आवश्यक बल्बसमेत नआएको जस्ता विषयमा प्रश्न उठाएका छन्।

उनले यस्ता विषयमा प्रश्न गर्नु आफ्नो अधिकार भएको बताएका छन्।

वडाध्यक्ष बिष्टले अब विवादलाई सामाजिक सञ्जालमा सीमित नराखी मणिलेक स्वास्थ्य चौकीमै आएर वास्तविकता बुझ्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।

उनले ३० गते बिहान ११ बजे मणिलेक स्वास्थ्य चौकीमा सम्पूर्ण सरोकारवालालाई उपस्थित हुन सार्वजनिक आह्वान समेत गरेका छन्।

 यस्तो छ उनको स्टाटस :

सत्य तितो हुदो रहेछ। हिजो गरेक पोस्ट धेरै प्रतिक्रिया आए ।राम्रो नराम्रो comments आए आउन सोभाभिक पनि हो ।३ बर्ष देखि मैले कुरा उठाकै हो ।सब को कान मा तेल भरियको रहेछ।मणिलेक बाट पालिका गयो १५ सैय्या को अस्पताल गयो ।मणिलेक का जनता ले सेवा पाउनु पर्छ भन्ने मेरो मान्नेता हो ।त्यो स्वास्थ चौकी मा कुनै सेवा न पाई डडेलधुरा जानू पर्दा मेरो मन लाई सहि नस्क्दो भयो।पटक २ मेरो वडा को निणर्य समेत पेश गर्दा समेत सन्बन्धित निकाय के कुनै चासो न देखाएको ले अन्तिम अस्त्र हिजो प्रहार गरेकै हो।त्यो इचार्ज को औटै शब्द म मणिलेक मा सेव गर्न होइन जागीर गर्न आयको हु भन्ने शब्द मलाइ अपच्य भयकै हो।तेरो पावर भए सरुवा गर भन्ने शब्द सुन्दा २ मेरो गुहार कसैले नसुनेको को ले मैले आन्तिम प्रहार गरेकै हो।अनिमिता को कुरा मणिलेक स्वास्थ को खाता निल छ। डेलिभरी को पैसा दिनु छ भनी ४ चोटि पैसा निकासा भएको र अस्पतालमा कुनै बल्भ पनि नाआएको ले खेत व्यक्त गर्नु स्वभाबिक वा गलत?अन्त्य मा मणिलेक स्वास्थ चौकि मा आउ यथार्थ बुझौ।कुनै गल्ती भय माफ पाउ।२०८३/५/३० गते सम्पुर्ण सरोकार वाला हरु लाई बिहान ११ बजे मणिकेक स्वास्थ चौकी मा उपस्थित भैदिनु हुन हार्दिक आमन्त्रण गर्दछु।कृपया अनिवार्य उपस्थित भैदिनुहोला ।धन्यवाद

 

र, यो पनि : 

राति इन्चार्जमाथि ‘हिनामिना’ आरोप, बिहानै वडाध्यक्षको स्टाटस डिलिट 

Ddl dental
Leave A Reply

Your email address will not be published.