बोहरा मेडिको सेन्टर

गन्यापधुराका प्रमुख प्रशासकीय अधिकृत तामाङको सरुवा, सार्की आउँदै

dream cafe
learnar

डडेल्धुरा : गन्यापधुरा गाउँपालिकाको प्रशासनिक नेतृत्व फेरिएको छ।

करिब ७ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका दिलिपकुमार तामाङको सरुवा भएपछि गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन्।

CNA

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबारको निर्णयअनुसार तामाङको गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको हो।

GBL NEW

तामाङ २०७६ असोज ६ गतेदेखि गन्यापधुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।

लामो समय एउटै स्थानीय तहमा रहेर काम गरेका तामाङको सरुवासँगै गाउँपालिकाको प्रशासनिक नेतृत्वमा समेत परिवर्तन हुने भएको हो।

मन्त्रालयले तामाङको स्थानमा कञ्चनपुरको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीलाई गन्यापधुरा पठाउने निर्णय गरेको छ।

सार्की २०८० साउन ३२ गतेदेखि लालझाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।

 

Ddl dental
Leave A Reply

Your email address will not be published.