बोहरा मेडिको सेन्टर

गुणस्तरहीन तटबन्ध भत्कियो, ७० घरपरिवार जोखिममा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसअन्तर्गत परशुराम नगरपालिका–६ सरगाैडास्थित पुन्तुरा खोलामा निर्माण गरिएको तटबन्ध बाढीले भत्काएको छ।

दुई दिनदेखि परेको लगातार वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तटबन्ध भत्किएको हो।

CNA

तटबन्ध भत्किएपछि पुन्तुरा खोलाको आसपासका ७० घरपरिवार उच्च जोखिममा परेका छन्।

वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले तटबन्ध निर्माणका क्रममा ठेकेदारले कमसल तथा गुणस्तरहीन काम गरेका कारण तटबन्ध भत्किएको आरोप लगाए।

उनले भने, ‘काम नै गुणस्तरहीन छ। तटबन्धमा सिमेन्ट र सरियाको मात्रा कमी छ। ठूलाठूला ढुङ्गाको प्रयोग मात्रै गरिएको छ।’

उनका अनुसार वडा कार्यालयले तटबन्धको निर्माण गुणस्तरहीन देखिएपछि तत्काल स्थलगत अनुगमन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुरालाई पत्राचार गरेको छ।

वडाध्यक्ष सिंहले तटबन्ध निर्माणको काममा बेलाबेला अनुगमन गरे पनि निरन्तर निगरानी गर्न सम्भव नभएको बताए।

उनले भने, ‘बेलाबेला अनुगमन गरेको थिएँ। दिनभरि सोही ठाउँमा बस्ने कुरा हुँदैन। गुणस्तरहीन काम हुँदा तटबन्ध ठाउँ–ठाउँमा भत्किएको छ।’

GBL NEW

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुराबाट सञ्चालित पुन्तुरा खोला तटबन्ध निर्माण आयोजना पदमादेवी कन्सल्ट एण्ड कन्स्ट्रक्सन प्रालि, नवदुर्गा गाउँपालिका–४ ले निर्माण गरेको हो।

निर्माण सम्पन्न भएको केही समयमै तटबन्ध बाढीले क्षति पुर्‍याएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रोशन भट्टका अनुसार उक्त योजना ३८ लाख रुपैयाँ बराबरको हो।

तटबन्धको केही भागमा गुणस्तरहीन काम भएको देखिएपछि ८ लाख रुपैयाँ भुक्तानी रोकिएको उनले बताए।

इन्जिनियर भट्टले योजना अनुगमनका क्रममा गुणस्तरमा समस्या देखिएपछि भुक्तानी रोकिएको बताए।

उनले भने, ‘मैले धेरै योजना हेर्नुपर्ने हुन्थ्यो। बेलाबेला अनुगमन गरिरहन्थेँ। एकै ठाउँमा सधैँ जाने कुरा भएन।’

स्थानीय नागरिक र वडाध्यक्षलाई समेत निर्माणको गुणस्तरमा ध्यान दिन आग्रह गरिएको उनले बताए।

उनले भने, ‘स्थानीय नागरिक र वडाध्यक्षलाई पनि कामको गुणस्तर हेर्न बेलाबेला आग्रह गरिरहन्थेँ। कामको अन्त्यतिर गुणस्तरहीन काम भएको पाइएपछि आठ लाख रुपैयाँ रोकेर राखेका छौँ।’

तटबन्ध भत्किएसँगै पुन्तुरा खोलाको आसपासका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ।

निर्माण कम्पनीको चरम लापरबाही र कमसल निर्माणका कारण सास्ति खेप्नु परेपछी स्थानीय आक्रोशित भएका छ्न्।

Ddl dental
Leave A Reply

Your email address will not be published.