बोहरा मेडिको सेन्टर

पुरस्कारको १० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेका योगेश बोहरा र भरतबहादुर ऐरले पुरस्कारबापत प्राप्त १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विपद्मा परेकाहरूको सहयोगका लागि भन्दै बोहरा र ऐरको जोडीले प्रतियोगिताबाट प्राप्त नगद पुरस्कार राहत कोषमा दिने निर्णय गरेको हो।

health office dashin
CNA

खेलकुदबाट प्राप्त पुरस्कारलाई सामाजिक सेवामा समर्पण गर्दै उनीहरूले मानवीय उदाहरण प्रस्तुत गरेका छन्।

आइतबार सम्पन्न फाइनल खेलमा बोहरा र ऐरको जोडी हरिओम केसी र निरज मल्लको जोडीसँग सोझो सेटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

उपविजेता बनेसँगै बोहरा र ऐरले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

उनीहरूले नगद पुरस्कार भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

प्रतियोगिताको उपाधि जितेको केसी र मल्लको जोडीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

जिल्ला खेलकुद समिति डडेल्धुराकाे आयोजनामा भएको प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.