जोशी भन्छन् : डडेल्धुरालाई व्यापारीक केन्द्रको रूपमा स्थापीत गर्छु

dream cafe
learnar

डडेल्धुराः युवा व्यवसायी विष्णुराज जोशीले डडेल्धुरा उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन्। यहीँ भदौ २५ गते हुन गइहेको उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा जोशीले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन्।

उनले अमूल्य मत दिई आफूलाई विजयी गराउन सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्। संस्था र व्यवसायीहरूको हकहितका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योगी, व्यवसायी क्षेत्रको हकहित र प्रबर्द्धनका लागि निरन्तर व्यावसायिक क्षेत्रको समस्याको समाधान गर्ने उनको भनाइ छ।

GBL NEW

‘संघको हकहितमा निरन्तर रुपमा लागिरहने अठोटका साथ थप जिम्मेवारी बहन गर्ने मौका डडेल्धुराका व्यवसायीहरूले दिनुहुनेछ भन्ने विश्वास लिई मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ,’ उनले भने,‘ आगामी दिनमा पनि व्यपारीक एकता, सत्भाव एवं सहकार्यका साथ मेरो क्षमता र अनुभवले भ्याउनेसम्मलाई कुशलता पूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले आफू विजयी भए सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरालाई व्यापारीक केन्द्रको रुपमा स्थापीत गर्ने जिकिर समेत गरे।

व्यावसायिक क्षेत्रको हकहितका लागि सेवा गर्ने मौका दिनहुन उनले सबै मतदातामा अनुरोधसमेत गरेका छन्।

को हुन् जोशी ?
जोशी सामान्य परिवारमा जन्मेका हुन्। उनले ग्लोबल कलेज, त्रिभुवन विश्व विद्यालय अन्तरगतबाट व्यवस्थापन र समाजशास्त्रमा स्नातोकर गरि क्याम्पसमा समेत अध्यापन गराइ सकेका छन्।

२०५४ सालदेखी व्यवसायमा हात हालेका हुन्। गौणिवाग ग्रुप अन्तरगतको फर्ममा ४० जनालाई रोजगारी समेत दिएका छन्। समाजसेवामा पनि तल्लिन जोशीले २०७२ सालमा उद्योग बाणिज्य संघ डडेल्धुराको कार्यसमिती सदस्य रही काम गरेका थिए।

अघिल्लो चुनावमा उनी ९ मतले सचिवमा पराजित भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.