स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत साढे १९ करोड भुक्तानी

dream cafe
learnar

काठमाडौं: सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्ताको दाबी भुक्तानी गरेको छ । कोषका अनुसार यी योगदानकर्ताको १९ करोड ४५ लाख छ हजार ९७९ रुपैयाँ भुक्तानी गरिएको हो ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झन्डै डेढ अर्ब भुक्तानी गरिएकोमा स्वास्थ्य तथा मातृत्व योजनामा मात्रै साढे १९ करोड रुपैयाँ भुक्तानी गरिएको हो ।

Ird
HARDIK AGRo NEw

कोषले ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत एक करोड ९१ लाख ३१ हजार १०६ रुपैयाँ दाबी भुक्तानी दिएको हो। आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई तीन करोड तीन लाख ६६ हजार ३९३ रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ।

२०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो। रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। त्यसरी जम्मा गरिएको योगदान रकम मध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शुन्ना दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ। निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन्।

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन्। रासस

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.