बोहरा मेडिको सेन्टर

सुनको मूल्य उकालो, नयाँ इतिहास बन्ने !

dream cafe
learnar

काठमाडौं : आज सुनचाँदीकै मूल्य बढेको छ। गएको शुक्रबार थाेरै घटेको सुनको मूल्य हिजो र आज दुवैदिन बढेको हो।

सुनको मूल्य आज प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको छ।

CNA

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

GBL NEW

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ गिरावट आएकाे थियो

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको थियाे।

त्यसयता घटेर एक लाख ४९ हजार रुपैयाँ भन्दा पनि तल झरेको सुनको मूल्य फेरि उच्च बन्दै गएकाे छ। सुनको मूल्यले नयाँ इतिहास बनाउने आकलन गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.