बोहरा मेडिको सेन्टर

डडेल्धुरामा ‘सप्राइज एण्ड डिजिटल हब’ सञ्चालनमा

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–५, शिक्षा रोडमा स्थापना गरिएको ‘सप्राइज एण्ड डिजिटल हब’ सञ्चालनमा आएको छ।

हबको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले गरेका हुन्।

CNA

उद्घाटन कार्यक्रममा उनले यस्ता बहुउद्देश्यीय सेवा केन्द्रले स्थानीय युवालाई सीपमूलक तथा व्यावसायिक शिक्षातर्फ आकर्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने बताए।

डिजिटल युगअनुसार आवश्यक सीप विकास र आधुनिक व्यवसाय प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो।

यस्ता संस्थाले जिल्लाको समग्र विकासमा टेवा पुग्ने उनले उल्लेख गरे।

हबले एउटै स्थानबाट विभिन्न सेवा तथा तालिम उपलब्ध गराउने जनाएको छ।

GBL NEW

कम्प्युटर इन्स्टिच्युटमार्फत बेसिक कम्प्युटर, एमएस अफिस, ग्राफिक डिजाइन, भिडियो सम्पादन, वेब डिजाइन, ट्याली/एकाउन्टिङ तथा नेपाली र अंग्रेजी टाइपिङ सम्बन्धी तालिम सञ्चालन गरिनेछ।

त्यसैगरी, अनलाइन सेवा अन्तर्गत लोकसेवा फाराम भर्ने, सवारी चालक अनुमतिपत्र र राहदानी आवेदन, अनलाइन परीक्षा तथा जागिर आवेदन, बायोडाटा (CV) तयार गर्ने लगायतका सेवा प्रदान गरिने जनाइएको छ।

हबले सप्राइज तथा उत्सव व्यवस्थापन सेवा पनि सञ्चालन गर्नेछ।

यसअन्तर्गत विवाह, इन्गेजमेन्ट, जन्मदिन, वार्षिकोत्सव, बेबी सावर, विद्यालय कार्यक्रम सजावट, कार डेकोरेशन, बुके तथा उपहार सामग्री तयार गर्ने सेवा उपलब्ध गराइनेछ।

ग्राहकको मागअनुसार होम डेलिभरी सप्राइज सेवा समेत उपलब्ध हुने जनाइएको छ।

“हरेक उत्सव र डिजिटल सीप एउटै छानामुनि” भन्ने अवधारणासहित सञ्चालनमा आएको हबले स्थानीय स्तरमै गुणस्तरीय सेवा र सीप विकासको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.