बोहरा मेडिको सेन्टर

डडेल्धुराका लागि राहत, गुप्तासहित ४ विशेषज्ञ डाक्टर फिर्ता

dream cafe
learnar

डडेल्धुरा :  लामो समयदेखि ‘काज’ मिलाएर अन्यत्र कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरू आफ्नै दरबन्दीमा फर्किने क्रम सुरु भएको छ।

यसै क्रममा डडेल्धुरा अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर फर्किएका छन्।

CNA

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार फिर्ता गरिएका चिकित्सकहरूमा डा. सन्तोष कुमार गुप्ता (मेडिकल सुपरिटेण्डेण्ट), डा. मिसन्ता शर्मा (डर्माटोलोजिष्ट), डा. नविन चन्द्र भट्ट (सर्जन) र डा. सुयोग्य वाग्ले (रेडियोलोजिष्ट) रहेका छन्।

GBL NEW

यी चिकित्सकहरू यसअघि विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य स्वास्थ्य संस्थामा कार्यरत थिए।

अब उनीहरू आफ्नै दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा फर्किएपछि विशेषज्ञ सेवामा सुधार हुने अपेक्षा गरिएको छ।

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको अभाव हटाउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको हो।

अब स्थानीय बिरामीले आफ्नै जिल्लामा विशेषज्ञ उपचार पाउने विश्वास गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.