डडेल्धुरामा सशस्त्र प्रहरीको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

dream cafe
learnar

डडेल्धुरा: सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वार्टर, डडेल्धुराले आफ्नो १९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

शनिबार गुल्म परिसरमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान वितरण तथा औपचारिक कार्यक्रमहरू सम्पन्न गरिएको थियो।

Amargadhi Education

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले स्थापना दिवसले संगठनभित्र आपसी सम्बन्ध, एकता र सामीप्यता अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, सीमा सुरक्षा मजबुत बनाउन तथा आन्तरिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

साथै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको औँल्याए।

अजयमेरु फाैजी केरा

गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाशचन्द्र भट्टले स्थापना दिवसले संगठनभित्र नयाँ ऊर्जा र उत्साह थपेको बताए।

उनले गुल्मले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा राजस्व संकलनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरे।

आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

वि.सं २०६३ सालमा स्थापना भएको उक्त गुल्मले डडेल्धुरामा एक गुल्म र विभिन्न बोर्डर पोस्टमार्फत सेवा प्रदान गर्दै आएको छ।

स्थापना दिवसकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका अधिकारी, सरकारी कार्यालयका प्रमुख तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले सशस्त्र प्रहरी बलले राष्ट्रको सुरक्षा, शान्ति स्थापना तथा नागरिक सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.