डडेल्धुराका तीन पत्रकारलाई किरिया खर्च

dream cafe
learnar

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले जिल्लाका तीन जना पत्रकारलाई किरिया खर्च उपलब्ध गराएको छ।

शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा शाखाले मानवीय संवेदना प्रकट गर्दै उक्त सहयोग हस्तान्तरण गरेको हो।

GBL NEW

शाखा अध्यक्ष हिक्मतबहादुर सिंहका अनुसार उपाध्यक्ष ललितसिंह बोहरा, प्रदेश परिषद सदस्य राम खत्री र साधारण सदस्य दिपेन्द्र अवस्थीलाई जनही १० हजार रुपैयाँका दरले क्रिया खर्च प्रदान गरिएको हो।

शाखाका अनुसार बोहराका बुवा तथा खत्री र अवस्थीका आमाको निधनपछि परेको आर्थिक भारलाई ध्यानमा राख्दै सहयोग गरिएको हो।

अध्यक्ष सिंहले पत्रकारहरू केवल सूचना प्रवाह गर्ने मात्र नभई एकअर्काका दुःख–सुखका साथी पनि भएको उल्लेख गर्दै यस्तो सहयोगले संगठनभित्रको एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

यस्तो पहलले पत्रकारिता क्षेत्रभित्र सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.