विज्ञान प्रदर्शनीसहित आइन्स्टाइन स्कुलको वार्षिकोत्सव सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : आइन्स्टाइन पब्लिक स्कुल, डडेल्धुराले आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्मजयन्तीको अवसर पारेर विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

शनिबार आयोजित कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत डडेल्धुरा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको थियो।

Amargadhi Education

साथै श्री महेन्द्र माध्यमिक विद्यालय, खलंगा डडेल्धुरा तथा दलित, गरिब र जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम पनि सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका अवसरमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रयोगात्मक सामग्री तथा शैक्षिक परियोजनासहित विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए, जसले अभिभावक तथा उपस्थित दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।

अजयमेरु फाैजी केरा

विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

त्यस्तै विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा अन्य सिर्जनात्मक कार्यक्रमहरूले वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाएका थिए।

कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले विद्यालयले विगत एक दशकदेखि जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए।

विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, सहयोगी संस्था तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.