बोहरा मेडिको सेन्टर

डडेल्धुरामा एमालेसहित यी १० उम्मेदवारको जमानत जफत

dream cafe
learnar

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

CNA

डडेल्धुरामा कुल ४३ हजार ६७ मत सदर भएकाले जमानत जोगाउन उम्मेदवारले कम्तीमा ४ हजार ३ सय ७ मत ल्याउनुपर्ने थियो। तर एमालेका स्नेहीले भने २ हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

GBL NEW

जमानत जफत हुने अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर रहेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको पनि जमानत जफत भएको छ। यहाँ तीन जना उम्मेदवारले जमानत जोगाएका छन्।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशी (विजयी), नेपाली कांग्रेसका नैनसिंह महर र नेकपाका मानसिंह मालले जमानत जोगाएका हुन्।

कसको कति मत?

Ddl dental
Leave A Reply

Your email address will not be published.