डडेल्धुरामा कांग्रेसको गढ ढल्यो, जोशीको ऐतिहासिक जित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा ताराप्रसाद जोशी निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जोशीले नैनसिंह महर लाई ७ हजार १० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

GBL NEW

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा नेपाली कांग्रेस का महरले १२ हजार १२१ मत मात्रै पाए।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी का मानसिंह माल ले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चक्र प्रसाद स्नेही ले २ हजार ९२६ मत पाएका छन्।

यो जितसँगै डडेल्धुरामा ३४ वर्षदेखि कायम रहेको शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको राजनीतिक वर्चश्व भंग भएको छ।

०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवा यसपटक उम्मेदवार नबनेपछि कांग्रेसले युवा नेता महरलाई मैदानमा उतारेको थियो।

तर, महरलाई भारी मतान्तरले पराजित गर्दै जोशीले डडेल्धुरामा कांग्रेसको लामो विरासत तोड्दै संघीय संसद यात्रा तय गरेका छन्।

को हुन् तारा प्रसाद जोशी ?
डडेल्धुराको गन्यापधुरा गाउँपालिका मा वि.सं. २०२७ सालमा जन्मिएका जोशी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन्। उनले २०४५ सालमा अनेरास्ववियु मार्फत राजनीति सुरु गरेका थिए।

२०४८ सालमा शिक्षण पेशामा आबद्ध रहँदा उनी शिक्षक संगठनको सदस्य बने।

२०५१ मा एमाले डडेल्धुरा–काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेका जोशी २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बने।

२०५४ सालमा जिल्ला कमिटी सचिव बनेका उनी २०६९ मा एमाले डडेल्धुरा जिल्ला अध्यक्ष भएका थिए।

पछि पार्टी विभाजनपछि उनी नेकपा (एकीकृत समाजवादी) तर्फ लागेका थिए।

२०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी मा आबद्ध भई प्रतिनिधिसभाको उम्मेदवार बने।

प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लडेका जोशीले यसपटक विजय हासिल गर्दै संघीय संसद यात्रा तय गरेका हुन्।

यसअघि २०७० सालको चुनावमा उनले शेरबहादुर देउवा सँग प्रतिनिधिसभामा पराजय व्यहोरेका थिए भने २०७४ सालमा कर्णबहादुर मल्ल सँग प्रदेश सभामा पराजित भएका थिए।

२०७९ मा स्वतन्त्र उम्मेदवारीबाट प्रदेश सांसद बनेका उनी अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका जोशीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका छन्।

अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध, विकास, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.