वीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ ।

आइतबार काठमाडौंमा आयोजित चुनावी सभामा दुई दलबीच सहमति गर्दै एकीकरणको घोषणा गरिएको हो ।

Ird

सम्झौतापत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रअनुसार नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनात्मक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

HARDIK AGRo NEw

जारी वक्तव्यमा परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एकीकरणको निर्णय गरिएको उल्लेख गरिएको छ।

सहमति पत्रमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत अघि सारेको “बदलियो कांग्रेस, बदल्छौं देश” भन्ने संकल्पलाई सशक्त बनाउन एकीकरण आवश्यक ठहर गरिएको जनाइएको छ।

नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

एकीकरणसँग सम्बन्धित अन्य व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने बताइएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.