बोहरा मेडिको सेन्टर

सोमत नभएका मालपोत परशुरामका हाकिम प्रेमबहादुर !

dream cafe
learnar

डडेल्धुरा : सार्वजनिक पदमा बसेर निष्पक्ष सेवा दिनुपर्ने जिम्मेवारी बोकेका मालपोत कार्यालय, जोगबुढाका प्रमुख प्रेमबहादुर धामी आफ्नो पदको मर्यादा बिर्सिँदै विवादमा तानिएका छन्।

कर्मचारी भएर पनि राजनीतिक पक्षधरता देखाउँदै खुलेआम कांग्रेसी उम्मेदवारका लागि मत मागिरहेको आरोप उनीमाथि लागेको हो।

CNA

धामीले सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा समेत मत माग्ने गतिविधि गर्दै आएका छन्।

उनले सामाजिक सञ्जालमा समेत आपत्तिजनक भाषा प्रयोग गरेर प्रतिक्रिया दिइरहेका छन्।

तपाईं चुनावी प्रचारप्रसारमा लागेको आरोप के हो ? भन्ने प्रश्न गर्दा उनले, ‘को हो त्यो भन्ने मा*… ’भन्दै आपत्तिजनक भाषा प्रयोग गरे।

GBL NEW

उनको कार्यशैलीप्रति सेवाग्राही समेत असन्तुष्ट छन्।

कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अपमानजनक व्यवहार गर्ने, पक्षपातपूर्ण शैली देखाउने र अनावश्यक तनाव दिने गरेको गुनासो बढ्दो छ।

केही समयअघि उनले परशुराम नगरपालिका परिसरमै भट्ट थरका एक युवामाथि हातपात गरेका थिए।

र, यो पनि :

डडेल्धुराको परशुराममा हिजो मालपोत हाकिमले पूर्वकर्मचारी कुटे, आज मिलापत्र

Ddl dental
Leave A Reply

Your email address will not be published.