डडेल्धुराको परशुराममा हिजो मालपोत हाकिमले पूर्वकर्मचारी कुटे, आज मिलापत्र

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर धामीमाथि एक युवकमाथि आक्रमण र कुटपिट गरेको आरोप लागेको छ।

परशुराम नगरपालिका–१० का ३२ वर्षीय शंकर देव भट्टका अनुसार सोमबार दिउँसो करिब २ बजे नगरपालिका परिसरमै कार्यालय प्रमुख धामीले एक्कासी आफूमाथि आक्रमण गरेका थिए।

Amargadhi Education

पीडित भट्टले नगरपालिकामा काम सकेर घर जानका लागि अटोमा बस्न लागेको समयमा धामीले अचानक आएर अटोबाट तानेर लछारपछार गर्दै कुटपिट गरेको आरोप लगाएका थिए।

अजयमेरु फाैजी केरा

भट्ट अघिल्लो वर्षसम्म सोही मालपोत कार्यालयमा करार सेवामा कार्यरत रहेको बताइएकोृ छ।

घटनापछि भट्टले हिजो बेलुका इलाका प्रहरी कार्यालय जोगबुढामा धामीका नाममा मुद्दा दर्ता गरेका थिए।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायाले हिजो भट्टले उजुरी दिएपनि आजन मिलापत्र भएको जानकारी दिए।

यस विषयमा कार्यालय प्रमुख धामीसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.