पदीय मर्यादा तोड्दै उपमेयर झुकाल चुनावी प्रचारमा सक्रिय

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाकी उपमेयर पार्वती झुकालले पदीय मर्यादा र निर्वाचन आचारसंहिताको उल्लङ्घन गरिरहेकी छन्।

स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न, चुनावी कार्यक्रम तथा भेलामा सहभागी हुन प्रतिबन्ध लगाइएको भए पनि उपमेयर झुकाल खुलेआम चुनावी गतिविधिमा सक्रिय देखिएकी छन्।

Ird

उपमेयर झुकाल नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरको पक्षमा मत माग्दै विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेकी छन्।

आज नेपाली कांग्रेस अमरगढी नगरपालिका–८ ले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई उनले नैनसिंह महरका लागि भोट मागेकी हुन्।

कार्यक्रममा अमरगढी नगर कार्यपालिका सदस्य विष्णा गैराल पनि सहभागी थिइन्।

HARDIK AGRo NEw

उनी पनि पदीय मर्यादा र निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै कार्यक्रममा संलग्न भएको पाइएको छ।

उपमेयर झुकालले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत खुलेआम लेखेकी छन्, ‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवार आदरणीय नैनसिंह महरलाई अत्याधिक बहुमतले विजय गराउनका लागि नेपाली कांग्रेस अमरगढी नगरपालिका–८ ले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेटघाट कार्यक्रम।’

उपमेयर झुकाल र कार्यपालिका सदस्य गैराल दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

यस विषयमा प्रतिक्रिया दिँदै डडेल्धुराका मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले लाभको पदमा बसेका जनप्रतिनिधिले उम्मेदवारको पक्षमा मत माग्न नपाइने स्पष्ट पारे।

उनले जनप्रतिनिधिहरू जुलुस, चुनावी सभा तथा भेलामा सहभागी हुन नपाइने बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी परेमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.