बोहरा मेडिको सेन्टर

डडेल्धुरामा एकहजार ५१६ किशोरीलाई एचपीभी खोप लगाइँदै

dream cafe
learnar

डडेल्धुुरा : पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध डडेल्धुुराका एक हजार ५१६ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको छ।

मंगलवार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग गरिएको अन्तरक्रियामा सो जानकारी दिइएको हो।

CNA

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि २९ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुुराका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

GBL NEW

भट्टले यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार ४७७ र विद्यालय बाहिर ३९ गरी एक हजार ५१६ जना किशोरीलाई उक्त खोप दिइने जानकारी दिए।

विद्यालय बाहिर अमरगढी नगरपालिकामा १७, नवदुुर्गा गाउँपालिकामा ९, गन्यापधुुरा गाउँपालिकामा १३ गरी ३९ किशोरी रहेका छन्।

गत वर्ष जिल्लाभर ९४ प्रतिशत किशोरीले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले जिल्लाका सातवटै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू यस अभियानको मुख्य लक्षित समूह हुन्।

साथै, गतवर्ष सञ्चालित एचपीभी खोप अभियानका क्रममा छुटेका लक्षित समूहका छात्रा किशोरीहरूमध्ये हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि यसपटक खोप लगाइने उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.