
डडेल्धुरा : जिल्ला निर्वाचन कार्यालय डोटीको स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा आज बेलुका स्कारपियो दुर्घटना भएको हो।


डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्कारपिया चालकसहित पाँच जना सवार थिए।
दुर्घटनामा घाइते सबैलाई डडेल्धुरा अस्पतालमा ल्याइ उपचार सुरु गरिएको छ।
घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन्।
घाइते सबैको अवस्था सामान्य रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



