बोहरा मेडिको सेन्टर

डडेल्धुरामा सागर ढकालमाथि दुर्ववहार, हल्ला फैलाउने मुख्य पात्र को ? [भिडियोसहित]

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालमाथि डडेल्धुरामा दुर्व्यवहार गरिएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको छ।

सागर आज वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’सँगै डडेल्धुरा आएका थिए।

CNA

ढकाललाई दुर्ववहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

उक्त भिडियोमा सुनिन्छ, ‘ओ ४० हजारको मासुभात… ४० हजारको मासुभात खुवाएर जिल्लाको बेइज्जत गर्छ, साला सागर। ४० हजारको मासुभात खाय खुवाउनेलाई खुवाए मा*…।’

भिडियोमा बोल्ने व्यक्ति नेपाली कांग्रेस डडेल्धुराका नेता तथा अमरगढी नगर कार्यपालिका सदस्य प्रकाश जैरू रहेको स्रोतले जानकारी दियो।

तथापि यश विषयमा जैरूले आफू भिडियोमा बोल्ने व्यक्ति नभएको दाबी गरे।

GBL NEW

तपाईं जत्तिको जिम्मेवार व्यक्ति कार्यपालिका सदस्यले त्यस्तो भन्न सुहाउँछ ? भन्ने प्रश्नमा उनले ए लल भन्दै फोन राखे।

सागर गत प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका थिए भने यसपटक गुल्मीबाट चुनावी मैदानमा छन्।

गुल्मीमा एक चुनावी सभामा उनले डडेल्धुराका युवा लक्षित विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले पहिलोपटक डडेल्धुरा पुग्दा भेट्न आएका केही युवाले ४० हजार रुपैयाँ बराबरको दारु मासु खाएको आरोप लगाएका थिए।

उनको पक्ष विपक्षमा बहस भइरहेको छ।

हेर्नुस् भिडियो :

https://www.facebook.com/share/r/18G2CF84gw/

Ddl dental
Leave A Reply

Your email address will not be published.