बोहरा मेडिको सेन्टर

डडेल्धुरामा रास्वपा उम्मेदवार जोशीको सचिवालय उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी माहोल तातेको छ।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा उम्मेदवार डा. ताराप्रसाद जोशीले चुनावी अभियानलाई औपचारिक गति दिने उद्देश्यले सम्पर्क कार्यालय तथा सचिवालय सञ्चालनमा ल्याएका छन्।

CNA

आइतबार आयोजित एक कार्यक्रमकाबीच डा. जोशीले रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

GBL NEW

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार जोशीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सभ्य, अनुशासित र सकारात्मक प्रचार–प्रसारमा जुट्न सबैलाई आग्रह गरे। उनले गाली र आरोपभन्दा पनि एजेन्डा, इमानदारिता र जनविश्वासमा आधारित राजनीति आफ्नो मुख्य लक्ष्य रहेको बताए।

‘जनताको विश्वास जित्ने राजनीति नै मेरो मूल उद्देश्य हो,’ जोशीले भने, ‘डडेल्धुराको समृद्धि र परिवर्तनका लागि म प्रतिबद्ध छु।’

सचिवालयलाई आगामी दिनमा चुनावी गतिविधि, मतदाता भेटघाट, विचार विमर्श तथा अभियान समन्वयको मुख्य केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा डडेल्धुरामा राजनीतिक सरगर्मी थप चुलिँदै गएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.