बोहरा मेडिको सेन्टर

२५औँ सशस्त्र प्रहरी दिवसमा डीएसपी विरेन्द्र पाल सम्मानित

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत जयन्ती) को अवसरमा उत्कृष्ट कार्य सम्पादन गरेबापत डीएसपी विरेन्द्र पाललाई सम्मान गरेको छ।

सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ वाहिनी, अत्तरिया कैलालीमा कार्यरत डीएसपी पाललाई नगद र प्रशंसापत्र प्रदान गरिएको हो।

CNA
GBL NEW

अनुशासन, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताका कारण उनी सशस्त्र प्रहरी संगठनभित्र अब्बल अधिकृतका रूपमा परिचित छन्।

रजत जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा अवकास प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, वहालवाला तथा अवकास प्राप्त उपरीक्षकहरू, नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका प्रतिनिधि, वहालवाला तथा अवकास प्राप्त वरिष्ठ तथा कनिष्ठ अधिकृत, जवान, अमर सशस्त्र प्रहरीका आश्रित परिवारजन, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.