डडेल्धुराकी कमलाले जेठाजुसँग मिलेर श्रीमानको हत्या गरिन्, हराएको भन्दै गाउँले गुहारिन्

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा श्रीमानको हत्या आरोपमा श्रीमती र जेठाजु पक्राउ परेका छन्।

अजयमेरु गाउँपालिका–५ देवलगालका २९ वर्षीय मानसिंह भनिने महेश सार्कीको हत्या आरोपमा उनकी श्रीमती कमला सार्की र दाइ जोगराज सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बोहरा मेडिको सेन्टर

गत असोज ८ गते राति करिब १२ बजेतिर महेश आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विष्टका अनुसार मृतकलाई घरको खटिया नजिकै प्लास्टिकको डोरी टाँगिएको अवस्थामा भेटिएको थियो।

GBL NEW

घटनास्थलको स्वरूप शंकास्पद देखिएको उनले बताए।

मृतक महेश र कमलाबीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको खुलेको छ। घटना हुनुअघि पनि झगडाका कारण कमला करिब दुई महिना माइतीतिर बसेकी थिइन्।

घटना घट्नुअघि २–४ दिनअगाडि मात्र उनी पोइली फर्किएकी थिइन्।

असोज ८ गते राति महेश घरबाहिर निस्केर हराएको भन्दै कमलाले छिमेकीसँग गुहार मागेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ।

प्रारम्भिक सोधपुछमा घटनामा कमला र दाजु नाता पर्ने जोगराज दुवैको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

हाल उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.