जेलमुक्त भए खेम भण्डारी, ४ बजे नयाँ खुलासा गर्ने !

dream cafe
learnar

डडेल्धुरा : कञ्चनपुरका पत्रकार खेम भण्डारी कैद सजाय भुक्तान गरी जेलमुक्त भएका छन्।

निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गालीबेइज्जती मुद्दामा अदालतले सुनाएको सजाय भुक्तान गरेपछि उनी शनिबार जेलबाट रिहा भएका हुन्।

GBL NEW

अदालतको फैसला कार्यान्वयनका लागि गत असार १८ गते भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका भण्डारीले एक महिना सात दिनको कैद सजाय पूरा गरेका हुन्।

उच्च अदालतले भण्डारीलाई एक महिना सात दिन कैदसँगै १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

यसअघि जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार प्रकाशित गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोराले भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका थिए।

जेलमुक्त भएपछि भण्डारीले अपराह्न ४ बजे नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखामा नयाँ खुलासा गर्ने जानकारी दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.