डडेल्धुराका सञ्चालनमा रहेका रेडियोलाई १० हजार दिने अध्यक्ष सिंहको घोषणा

dream cafe
learnar

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा सञ्चालनमा रहेका सबै रेडियोहरूलाई प्रोत्साहनस्वरूप जनही १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

मंगलबार रेडियो अमरगढीको वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष सिंहले महासंघले जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

बोहरा मेडिको सेन्टर

उनले जिल्लामा सञ्चालनमा रहेका रेडियोहरूले स्थानीय समुदायका आवाज, समस्या तथा सरोकारका विषयलाई निरन्तर उठाउँदै आएको भन्दै सञ्चारमाध्यमको कामलाई सम्मान र प्रोत्साहन गर्न महासंघले सबै सञ्चालनमा रहेका रेडियोलाई जनही १० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

पत्रकारहरूले समाजका विभिन्न विषयमा निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै अध्यक्ष सिंहले सञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्न आफूले यस्तो घोषणा गरेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.