बोहरा मेडिको सेन्टर

काठमाडौं पुगे देउवा, महाराजगञ्जस्थित डेरामा बस्ने

dream cafe
learnar

काठमाडौं : करिब पाँच महिनाअघि स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन्।

सिंगापुरबाट थप उपचारका लागि हङकङ पुगेका देउवा हङकङ हुँदै काठमाडौं आइपुगेका हुन्।

CNA

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

Bohora ma 1

विमानस्थलबाट उनी सिधै महाराजगञ्जस्थित डेरामा जाने भएका छन्।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनी यसअघि लिइएको महाराजगञ्जस्थित डेरामै बस्नेछन्।

देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए।

देउवा काठमाडौं फर्किएसँगै नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था र आगामी गतिविधिमा उनको भूमिकालाई लिएर पनि चर्चा सुरु भएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.