डडेल्धुरा आउन नपाउँदै मीना अर्याललाई बैतडीको सीडीओको जिम्मेवारी

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सरुवा भएकी उपसचिव मीना अर्याललाई डडेल्धुरामा हाजिर हुन नपाउँदै गृह मन्त्रालयले बैतडीको सीडीओको जिम्मेवारी दिएको छ।

गृह मन्त्रालयले यसअघि असार १९ गते अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको थियो।

बोहरा मेडिको सेन्टर

तर, डडेल्धुरामा हाजिर हुन नपाउँदै मन्त्रालयले उनको पदस्थापन परिवर्तन गर्दै बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो।

GBL NEW

गृहले डडेल्धुरामा उपसचिव सीडीओ अमरबहादुर वली कार्यरत रहेकै बेला सोही पदकी अर्याललाई सीडीओ बनाएर पठाउन खोजेपछि आलोचना भएको थियो।

वलीले पनि गृहले पेलेको भन्दै सरुवा मागेपछि अर्याल रोकीएकी थिइन्।

गुल्मीकी अर्याल यसअघि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गरिसकेकी छन्।

र, यो पनि :

डडेल्धुरामा सहसचिवको दरबन्दीमा फेरि उपसचिव सीडीओ, गृहको ‘पेलान’मा परे वली !

Ddl dental
Leave A Reply

Your email address will not be published.