परशुराममा अवरुद्ध सडक खोल्न जनप्रतिनिधि र स्थानीय सक्रिय

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिकाका अधिकांस ग्रामीण सडक वर्षादका कारण अवरुद्ध भएका छन्। वर्षादसंगै सडक अवरुद्ध भएपछि यातायातका सवारी साधन संचालनमा समस्या भएको हो।

सडक बिग्रिएकै कारण ग्रामीण क्षेत्रमा संचालन यातायात प्रभावित हुँदा यात्रुहरु पैदल हिड्न बाध्य भएका छन्। वर्षातका कारण अबरुद्ध भएका सडकहरु सुचारु गर्न जनप्रतिनिधि देखि स्थानीय बासिन्दा सकिृय भएका छन्।

Bohora madico

परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्र सिंहले दुईजिल्ला जोड्ने ब्रहमदेव, कौवानी, कराली तातापानी सडक शनिबार देखि संचालनमा आएको बताए।

‘महाकाली करिडोर सडक योजना (ब्रहमदेव झुलाघाट टिंकर सडक दार्चुला) अन्तरर्गत सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनिले जेसिवीद्धारा सडक सम्याउन सहयोग गरेको थियो,’ वडाध्यक्ष सिंहले भने, ‘स्थानीय जनताको सकिृयतामा शनिबारदेखी सडक संचालनमा ल्याउन सफल भएका छौं। ग्रामीण सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलाम्य भएपछि ग्रामीण सडक जोखिमपूर्ण भएको थियो।’

HARDIK AGRo NEw

परशुराम नगरपालिकाका सबै वडाहरुमा दशै अगाडी नै सडक पूर्ण रुपमा सुचारु गर्न नगरपालिकाले आवश्यक प्रयास गरिरहेको परशुराम नगरपालिकाका नगरप्रमुख भरतबडायर जोशीले बताए।

उनले भने, ‘नगरभित्रका अवरुद्ध सडकहरु संचालनमा ल्याउन पालिकाको उपकरण र जनशक्ति परिचालन गरिएको छ।’

सडकहरु अन्तरपालिका मात्रै नभएर अन्तर जिल्ला जोड्ने सडकहरु समेत रहेका कारण आवश्यक सहयोगका लागि विभिन्न निकायसंग परिपत्र गरि सहयोग मागेको नगरप्रमुख जोशीले बताए। मौसमले साथ दिएमा असोज १४ गते सम्म सबै सडकहरु पूर्ण रुपमा सुचारु हुने नगरप्रमुख जोशीले बताए।

सडकको स्तरोउन्नती र मर्मत भएसंगै सवारी साधन संचालनमा सहजता भएको परशुराम नगरपालिका–७ का स्थानीय कालुसिंह धामीले बताए।

सडक संचालनमा ल्याउन स्थानीय बासीले श्रमदान समेत गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.