कोठामै जलेर भेटिनुअघि कलाकार आँचललाई आएको थियो मार्ने धम्की

dream cafe
learnar

धनगढी : कञ्चनपुरकी कलाकार आँचल नाथ बिहीबार साँझ काठमाडौंस्थित डेरामै जलेको अवस्थामा भेटिएकी छन्।

हाल उनी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखी उपचाररत छिन्।

बोहरा मेडिको सेन्टर

करिब ८० प्रतिशत शरीर जलेको कारण उनकाे अवस्था गम्भीर छ।

चार वर्षअघि सुनौलो भविष्यको खोजीमा काठमाडौं आएकी आँचल मोडलिङ र टिकटकमार्फत चर्चामा आइरहेकी थिइन्।

तर पछिल्लो समय सामाजिक सञ्जालमै केही युवाबाट चरित्र हत्या र ‘मारिदिन्छु’सम्मका धम्की पाएको उनका भाइ दीपेन्द्रको दाबी छ।

GBL NEW

‘दिदीले आफैंलाई पेट्रोल हालेर आगो लगाउने मान्छे होइनन्, यो निश्चितै शंकास्पद घटना हो,’ दीपेन्द्र भन्छन्।

उनकाअनुसार टिकटक लाइभमार्फत आँचललाई बारम्बार अपमानजनक आरोप लगाइएका थिए।

प्रारम्भिक चरणमा प्रहरीले आत्मदाह शंका गरे पनि परिवार र स्थानीय प्रतिनिधिहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल अनुसन्धान र कारबाही गर्न माग गरेका छन्।

कृष्णपुर नगरपालिकाका वडाध्यक्ष कृष्ण साउदले पनि ‘मिडिया ट्रायल नगरी छिटो सत्य तथ्य पत्ता लगाउनुपर्छ’ भन्दै चेतावनी दिएका छन्।

जीवनमा आरोहअवरोह भोग्दै अघि बढेकी आँचललाई नजिकबाट चिन्नेहरू ‘उनी आत्महत्या गर्ने खालकी थिएनन्’ भन्छन्।

एक महोत्सवमा गायक पुष्कल शर्माको गीतमा आँचलले भावुक भएर रोइरोइ नाचेकी थिइन्।

सोही क्षणबाट उनी चर्चामा आएकी थिइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.