६ महिनापछि स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा, भव्य स्वागतको तयारी

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ महिनापछि आज स्वेदश फर्किँदैछन् ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि हङकङ हुँदै थाइल्याण्डको बैंककमा छन् ।

बोहरा मेडिको सेन्टर
GBL NEW

देउवा बैंककबाट थाइ एयरवेजको उडानमार्फत आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनी विमानस्थलमा अवतरण भएलगत्तै भव्य स्वागत गर्ने इतर पक्षको तयारी छ ।

देउवाको स्वागतका लागि इतरपक्षका उच्च नेताहरुसँगै हजारौं नेता कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी छ ।

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माकाअनुसार देउवाले स्वदेश फर्केर शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुन लागेको इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.