बझाङमा कुटिएका धामीको डडेल्धुरामा उपचार हुँदै

dream cafe
learnar

बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ का किरण धामीमाथि बिहीबार दिउँसो चैनपुरमा अज्ञात समूहले कुटपिट गरेको छ। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाका अनुसार सुर्मा गाउँपालिका–१ का १९ वर्षीय अनिल बोहरा र अर्का एक जना पक्राउ परेका छन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

तर घटनामा संलग्न भनिएका रमिल बोहरा अझै फरार रहेका छन्।

कुटपिटबाट घाइते भएका धामीलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.