कैलाली कारागारका कैदीलाई सात ठाउँमा स्थानान्तरण, डडेल्धुरामा ६ जना, अन्य कहाँ ?

dream cafe
learnar

डडेल्धुरा: कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ।

कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो।

बोहरा मेडिको सेन्टर

साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदीबन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।

GBL NEW

उपचार पश्चात निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिए।

एक जना भने कैद भुक्तान गरेर रिहा भएका छन्।

कारागार प्रशासनले कञ्चनपुरमा छ, डडेल्धुरामा छ, बाँकेको नौबस्तामा पाँच, काठमाडौंमा पाँच जनालाई स्थानान्तरण गरेको छ ।

यसैगरी, डोटीमा तीन, बझाङमा तीन र नवलपरासीमा एक जनालाई स्थानान्तरण गरिएको छ। अब १८ जना कैदीबन्दीमात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन्।

उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.